माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा सुरु


काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको हो । बैठकमा सरकारमा सहभागी हुने मन्त्री, सर्वोच्च अदालतको फैसलापछिको राजनीतिकलगायतका बारेमा छलफल हुने बताइएको छ ।

सर्वोच्च अदालतको फैसलाअनुसार प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाको नियुक्ति हुँदैछ । देउवाले आजै सानो मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् ।