काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ ।
राष्ट्रपतिको कार्यालयका एक अधिकारीका अनुसार साँझ ५ बजे शपथ ग्रहणको लागि समय तय गरिएको जनाएको छ । यसअघि सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । देउवा पाँचौंपटक प्रधानमन्त्री बन्न लागेका हुन् । यसअघि उनले मुलुकको सत्ता चारपटक नेतृत्व गरिसकेका छन्।

प्रतिक्रिया