काठमाडौं । नेपाली कांग्रेसले सर्वोच्च अदालतले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा फर्काएको बताएको छ । सर्वोच्चको फैसलापछि सामाजिक संजालमार्फत टिप्पणी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति र प्रधानमन्त्रीको आवेगपूर्ण कदम सच्याउंदै सम्मानित संवैधानिक इजलासको विवेकपूर्ण फैसला गरेको प्रतिक्रिया दिएका हुन् ।
उनले भनेका छन्,‘राष्ट्रपति र प्रधानमन्त्रीको आवेगपूर्ण कदम सच्याउँदै सम्मानित संवैधानिक इजलासको विवेकपुर्ण फैसला ! लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा फर्काउने कदम । केवल सरकार निर्माण होइन इतिहास निर्माणको अवसरका रूपमा यसलाई उपयोग गर्नुपर्ने दायित्व कांग्रेसको काँधमा ।’
रास्ट्रपति र प्रधानमन्त्रीको आवेगपुर्ण कदम सच्याउंदै सम्मानित संवैधानिक इजलासको विवेकपुर्ण फैसला ! लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने कदम l
केवल सरकार निर्माण होइन इतिहास निर्माणको अवसरका रूपमा यसलाई उपयोग गर्नुपर्ने दायित्व कांग्रेसको कांधमा l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) July 12, 2021

प्रतिक्रिया