‘धार लगाएको मुसलको मूनी ओखलमा टाउको हाल्ने नै हो त कमरेड ?’


काठमाडौं । नेकपा एमालेकी नेतृ रामुकमारी धार लगाएको मुसलको मूनी ओखलमा टाउको हाल्ने नै हो त कमरेड ? भन्दै प्रश्न गरेकी छन् । पार्टीको विवाद मिलाउन कार्यदल बसिरहेका बेला आइतबार साँझ झाँक्रीले सामाजिक संजालमार्फत यस्तो प्रश्न गरेका हुन् ।

उनले कार्यदलस्तरमा सहमति गर्न लागेको भन्दै माधव नेपाललाई प्रश्न गरेको अनुमान गरिएको छ । झाँक्री केन्द्रदेखि वडातहसम्म आफूहरुको संगठन रहेको भन्दै दुई चार जना नेता बसेर सहमति गर्दैमा त्यो मान्य नहुने बताउँदै आएकी छन् ।