काठमाडौं । नेकपा एमालेका राष्ट्रियसभाका सदस्य खिमलाल भट्राईले राष्ट्रियसभामा कस्मेटिक राजनीति नगर्न आग्रह गरेका छन् । राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा नेकपा एमालेका राष्ट्रियसभा सदस्य बैठकमा सरकारको कामको विरोध वा समर्थनमा अभिव्यक्ति दिन सकिने भन्दै तर कस्मेटिक राजनीति नगर्न सबैको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने, ‘राष्ट्रियसभा कस्मेटिक राजनीति नगरौ मेरो यो अनुरोध छ ।’ वर्तमान सरकार संविधान कार्यान्वयनमा सफल रहेको भन्दै उनले सरकारका कामकारवाहीको बचाउ गरे । उनले कानुन बनाउन नसक्ने र सरकारलाई काम गर्न नदिने प्रतिनिधिसभा विघटन हुनु लोकतान्त्रिक र संवैधानिक भएको जिकिर गरे ।
उनले सरकार बनाईदिनुपर्यो भनेर अदालतमा मुद्धा हालिएको भन्दै अदालतले सरकार बनाउन नसक्ने दाबी गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी भएको भन्दै पूर्वप्रधानमन्त्रीहरुलाई ओलीलाई राष्ट्रियता विरोधी भनी प्रमाणित गरेर देखाउन चुनौति दिए । उनले ओलीको राष्ट्रवाद व्यवहारमा देखिएको दाबी पनि गरे ।

प्रतिक्रिया