काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको एकमात्र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनीमा रुपान्तरण गर्ने नाममा विघटन गर्न खोज्नु अत्यन्तै दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
मंगलबार सामाजिक संजालमार्फत वरिष्ठ नेता पौडेलले विश्वभर नेपालको छवि घुमिल हुने ढंगले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई संसद समेत नभएको मौकामा सरकारलाई निजीकरण गर्ने काम तत्काल बन्द गर्न आग्रह गरेका हुन् ।
बहुमत गुमाइसकेको सरकारले व्यक्तिगत स्वार्थ पूर्ति गर्न देशलाई क्षति पुग्ने निर्णय फिर्ता लिइ कार्यान्वयन नगर्न समेत सरकारलाई आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘मुलुकको एकमात्र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनीमा रुपान्तरण गर्ने नाममा विघटन गर्न खोज्नु अत्यन्तै दुर्भाग्यपूर्ण हो । विश्वभर नेपालको छवि घुमिल हुने ढंगले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई संसद समेत नभएको मौकामा सरकारले निजीकरण गर्ने काम तत्काल बन्द गरिनुपर्छ । बहुमत गुमाइसकेको यो सरकारले केही व्यक्तिगत स्वार्थ पूर्ति गर्न देशलाई क्षति पुग्ने निर्णय फिर्ता लिइ कार्यान्वयन नगर्न समेत राज्य संयन्त्रलाई आग्रह गर्दछु । साथै राष्ट्रिय ध्वजाबाहक विमान चलाउँदै आएको नेपाल वायुसेवा निगमलाई जोगाउनका लागि पहल थाल्न समेत आग्रह गर्दछु ।’
निमगलाई कम्पनी मोडलमा लैजान लागिएको भन्दै निगमका कर्मचारीसमेत आन्दोलमा उत्रिएका छन् । उनीहरुले मंगलबार कार्यालयमा तालाबन्दीसमेत गरेका थिए । पछि प्रहरीले बल प्रयोग गरी ताला खुलाएको थियो ।

प्रतिक्रिया