अब खोपको समस्या हुन्नः प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सिदेखि चाहिनेजति खोप आउने बताएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकमा ओलीले अब खोपको समस्या नभएको बताएका हुन् ।

उनले भने, ‘अब भ्याक्सिनको समस्या छैन। पर्सिदेखि चाहिने जति भ्याक्सिन आउँछ। भारतबाट दोस्रो डोज नआउँदा समस्या भयो । केही दलका साथीहरूले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनू भनेर लबिङ गरिरहेका छन्।’

उनले विपक्षीहरूले देशलाई हिंसा र मुठभेडतर्फ लैजान खोजेको बताए। बैठकमा प्रधानमन्त्रीको भनाई उदृत गर्दै नेता विष्णु रिजालले भने, ‘आज केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले आजको प्रमुख आवश्यकता नेकपा (एमाले) को एकता रहेकोमा जोड दिएर हो चि मिन्हलाई उदृत् गर्दै भन्नुभएको छ, ‘पहिलो आवश्यकता एकता, दोस्रो आवश्यकता एकता र तेस्रो आवश्यकता एकता ।’ उहाँले त्यसका लागि आफूले सार्थक पहल गरिरहेको जानकारी पनि दिनुभएको छ । आशा गरौं– छिट्टै यसले परिणाममुखी निकास निकाल्नेछ र नेकपा (एमाले) लाई एकताबद्ध रूपमा पुनस्र्थापित गर्नेछ ।’

प्रधामन्त्री ओलीले हजारौँ प्रयासका बाबजदु पार्टीलाई एक हुन नदिइएको बताएका छन्।