काठमाडौं । सरकार पक्षका एकजना कानुन व्यवसायीले प्रतिनिधि सभा पुनःस्थापना भएपनि सरकार बन्न सक्ने अवस्था नरहेको जिकिर गरेका छन् ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षबाट बहस गर्दै वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले प्रतिनिधिसभा पुनःस्थापना भएपनि सरकारले विश्वासको मत पाउन सक्ने अवस्था नरहेको बताएका हुन् । उनले दलहरुभित्र द्वन्द्व रहेकाले सरकार बन्ने अवस्था नरहेको र बनेपनि विश्वासको मत पाउने अवस्था नरहेको बताए ।
उनले निर्वाचनबाट नयाँ जनप्रतिनिधि आउने र देश अग्रगामी दिशामा अघि बढ्ने भएकाले निर्वाचन एकमात्र विकल्प रहेको जिकिर गरे । उनले भने,‘निर्वाचनबाट नयाँ प्रतिनिधि आउँछन् । एक वर्षपछि फेरि निर्वाचनमा जानै पर्छ त्यसैले यो अवधिलाई मात्र सदर गर्न जरुरी छ।’
उनले प्रतिनिधिसभा विघटन सदर हुनुपर्ने बताए । सविधानको धारा ७६ को ५ अनुसारको प्रक्रियामा विवाद देखिएको र रिटमा राष्ट्रपतिलाई विपक्षी नबनाएको भन्दै उनले विपक्षी नबनाएको निकायका नाममा आदेश जारी हुन नसक्ने जिकिर गरे ।

प्रतिक्रिया