ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्ष सहभागी नहुने


काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्ष शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भएको छ । बिहीबार बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।

शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा यथास्थितिमा नजाने सर्वसम्मत निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए । बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ ।

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बुधबार भएको बैठकले आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रति नेपाल पक्ष असन्तुष्ट रहँदै आएको छ । उनीहरुले २०७५ जेठ २ का लागि कमिटीलाई ब्यूँताउनु पर्ने माग गर्दै आएका छन्।