दक्षिण अफ्रीकाविरुद्ध सिरिजका लागि आयरल्याण्ड टिमको घोषणा


दक्षिण अफ्रीकाविरुद्धको सिरिजका लागि आयरल्याण्डले टिमको घोषणा गरेको छ । आयरल्याण्डले बुधबार घरेलु सिरिजका लागि एन्ड्रयु बलब्रिनीको कप्तानीमा टोलीको घोषणा गरेको हो ।

आयरल्याण्डले एकदिवसीय र टी(ट्वान्टीको लागि फरक फरक टिमको घोषणा गरेको हो ।दक्षिण अफ्रीका र आयरल्याण्डबीच तीन खेलको एकदिवसीय र टी ट्वान्टी सिरिज हुनेछ ।

दुई टिमबीचको पहिलो एकदिवसीय ११ जुलाईमा हुनेछ । यस्तै पहिलो टी(ट्वान्टी जुलाई १९ मा हुनेछ ।