चट्याङ्ग लागेर महोत्तरीमा दुई जनाको मृत्यु


जलेश्वर । चट्याङ्ग लागेर महोत्तरीको मनरासिस्वा नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा मनरासिस्वा वडा नम्बर ४ साढा गाउँका प्रेमशिला देवी र वडा नं ५ कटैया गाउँका विशेश्वर राय छन् ।

जिल्ला प्रहरी कार्यालयक महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार ५० वर्षीया देवीको घर नजिकै खेतमा राखिएको धानको बीउमा मल राखिरहँदा र ८० वर्षीय रायको गाउँ नजिक भैसी चराउँदै गरेका अवस्थामा सोमबार विहान परेको चट्याङ्ग लागेर घटनास्थलमा नै मृत्युभएको थियो ।