खिमलाल भट्टराई ।
राष्ट्रिय सभा सदस्य वेदुराम भूसालले आफु स्वतन्त्र सांसद रहेको र अबदेखि मलाई यसै हिसाबको व्यवहार गर्नु गराउनु, दलको सांसदको हैसियतमा काटिदै आएको लेवी नकाट्नु भनेर संसद् सचिवालयमा पत्र पठाएका छन् ।
यो पत्रसगै उनले नेकपा एमाले परित्याग गरेको जनाएका छन् । पार्टी परित्यागपछि उनी स्वतन्त्र हुन सक्छन् तर सांसद भई रहन संभव हुदैन । किनभने दुई पार्टीको एकतापछि नामको विषयलाई लिएर अदालतले गरेको फैसलाले एकताले निरन्तरता नपाएको अवस्थामा नेकपा एमाले र माओवादी केन्द्र दुई पार्टी हुने भनेको छ ।
त्यसबीचमा निर्वाचित राष्ट्रिय सभाका सदस्यलाई दुई मध्ये एक रोज्न सक्ने प्रावधान हुनसक्छ, त्योभन्दा पृथक स्वतन्त्र सांसद हुन सक्दैन ।
सूर्य चिन्ह र पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा उम्मेदवार भएर पार्टीका जनप्रतिनिधिहरुको मतबाट बनेको सांसदले स्वतन्त्र भन्ने हैसियत कसरी राख्न सक्दछ ? यस अवस्थामा उनको सांसद पद नै चैट हुन्छ ।
कामरेड माधवकुमार नेपालले अहिलेसम्म आफुलाई नेकपा एमालेको वरिष्ठ नेता भन्दै आउनु भएको छ । अब वहाँ के भन्नु हुन्छ ? वहाँ के स्वतंत्र सांसदको नेता हुनुहुन्छ त ?
भट्टराई नेकपा एमालेको राष्ट्रिय सभाका प्रमुख सचेतक हुन् ।

प्रतिक्रिया