अदालतको फैसलाबाट क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् : बाबुराम भट्टराई


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानको भावना विपरीत मन्त्री बनाउन र त्यसलाई अदालतले उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बनेको टिप्पणी गरेका छन् ।

सर्वोच्चको फैसलापछि सामाजिक संजालमार्फत भट्टराईले क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुल्नुपर्ने समेत बताए ।

उनले लेखेका छन्, ‘संविधानका निर्मातामध्ये नै संविधानको शब्द/भावना विपरित गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउने/बन्ने लज्जास्पद हर्कत गर्नु र संविधानको व्याख्याता सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बन्ने नै भयो । क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुलोस्!’