काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओली–विद्या राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भासिने बताएका छन् । सामाजिक संजालमार्फत भट्टराईले मुहानमै फोहोर नाला मिसिएपछि तल सफा हुन समस्या हुने बताएका हुन् ।
उनले आफ्नो पार्टीका अध्यक्ष महन्थ ठाकुरतर्फ संकते गर्दै भट्टराईले स्वच्छ छवीका मानिएका८० वर्षे नेताले समेत पार्टी बैठकको नक्कली श्रेस्ता बनाएर निर्वाचन आयोगमा मेरो समेत हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध भएको बताएका छन् ।
उनले लेखेका छन्, ‘ओली–विद्या राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भासिने भो! मुहानमै फोहोर नाला मिसिएपछि तल सफा हुने कुरै भएन । स्वच्छ छवीका मानिएका ८० वर्षे नेताले समेत पार्टी बैठकको नक्कली श्रेस्ता बनाएर निर्वाचन आयोगमा मेरो समेत हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध छु!’
ओली-विद्या राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भासिने भो! मुहानमै फोहोर नाला मिसिएपछि तल सफा हुने कुरै भएन।स्वच्छ छवीका मानिएका८०बर्षे नेताले समेत पार्टी बैठकको नक्कली श्रेस्ता बनाएर निर्वाचन आयोगमा मेरो समेत हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध छु!NOT IN MY NAME!
— Baburam Bhattarai (@brb1954) June 20, 2021

प्रतिक्रिया