काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ । कोरोना संक्रमणका कारण विष्टको आइतबार बिहान निधन भएको हो । सुर्खेतको पश्चिम तातोपानी स्थायी घर भएका विष्ट पूर्व सञ्चार राज्यमन्त्री भएका थिए । उनी नेपाली कांग्रेस सुर्खेत जिल्लाका पूर्व सभापति समेत हुन् ।
विष्टलाई कोरोना संक्रमण भएपछि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेकामा अवस्था थप जटिल बनेपछि उनलाई काठमाडौँको मेडिसिटी अस्पताल ल्याएर उपचार थालिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया