काठमाडौं । नेपालमा थप १६८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६८८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१९६३५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३६६० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८६७५ पुगेको छ । क्वारेन्टाइनमा ४४१ जना छन् भने आइसोलेसनमा ५७६१८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया