मेलम्चीमा आएको बाढीले बगायो इलाका प्रहरी कार्यालयको भवन


मेलम्ची । अविरल वर्षासँगै आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा रहेको ईलाका प्रहरी कार्यालय बगाएको छ । शुक्रवार रातिको बाढीले खोलामा भवन बगाएको हो । मंगलबार आएको बाढीले भवन असुरक्षित भइसकेको थियो ।