कोभिडविरुद्धको खोप आपूर्तिका विषयमा परराष्ट्रमन्त्री र भारतीय राजदूतबीच छलफल


काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ । बुधबार परराष्ट्र मन्त्रालयमा मन्त्री महासेठ र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता भएको हो।

मन्त्री महासेठलाई भेट्न क्वात्रा बुधबार दिउँसो परराष्ट्र मन्त्रालय पुगेका थिए । भेटमा कोभिडविरुद्धको खोप आपूर्तिका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री महासेठले भारतबाट कोभिशिल्ड खोप खरीदका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

भारतबाट नेपालले २० लाख खोप खरीद गरेको थियो। तर, भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले १० लाख डोजमात्रै दिएको छ। अग्रिम भुक्तानी गरेको १० लाख डोज खोप नआउँदा पहिलो डोज लगाएका ज्येष्ठ नागरिकले दोस्रो डोज लगाउन पाएका छैनन् ।