ओलीको महन्थसँग र नेपालको देउवासँग गठबन्धनको मोह किन ?


काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले आफ्नै पार्टीका नेतारुसँग सहकार्य गर्न तयार नहुने शीर्ष नेताहरुप्रति आपत्ति प्रकट गरेका छन् ।

बुधबार सामाजिक संजालमार्फत भट्टराईले झलनाथ खनाल र माधव नेपालले अध्यक्ष केपी ओलीसँग तथा केपी ओलीले माधव नेपालसँग साझेदारीका लागि किन प्रयास नगरेको भन्दै प्रश्न गरेका हुन् ।

उनले भनेका छन्, ‘एमालेको एकताको मुल जड ? कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।
कमरेड जेएन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने । कसले, किन र के कालागि गर्दैछ यो सब ?
एमाले एकताको समस्याको मुल जड यहीँ छ । यस बिषयमा कमरेडहरु बीचमा गम्भीर छलफल हुनु र साझा निष्कर्षका साथ साझा अभियानमार्फत एमालेको एकता बचाउन जरुरी छ ।’