ओलीलाई २०७५ जेठ २ मा कायम रहेको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्रको समस्याबारे छलफल गर्न वामदेवको आग्रह


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले २०७५ जेठ २ मा कायम रहेको एमालेको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न समस्याकाबारेमा छलफल गरी सही मार्गदर्शन गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

मंगलबार विज्ञप्ति जारी गरी सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटित प्रतिनिधिसभा पुनस्र्थापना वा प्रधानमन्त्रीको कदम सदर गरेको अवस्थामा निर्वाचनमा जान परे पनि दुवै अवस्थाका चुनौतीलाई सामना गर्न एकताबद्ध एमाले तयार छ भन्ने सन्देश दिने गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताएका छन् । उनले प्रस्तावलाई पार्टी एकताको इमान्दार प्रयास मान्न नसकिने बताएका छन् ।

गौतमले अध्यक्ष ओलीले पार्टी कमिटीलाई निशर्त रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउन तयार नभएको भन्दै एकताको इमान्दार प्रयास मान्न नसकिने बताएका छन् । गौतमले एमालेलाई २०७५ जेठ ३ पूर्वका अवस्थाबाट अगाडि बढाउन तयार हुनु सकारात्मक भएपनि एकताको पक्षमा उभिएकाहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीको संरचना गतिशील हुने भन्ने विषय एमालेभित्रको समस्यामा ल्याउन नहुने बताएका छन् ।