‘ओलीको अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन् ?’


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दुई दुई पटक संसद विघटन गर्ने ओलीलाई माफी दिन तयार भएको हो ? भन्दै एमाले नेताहरुलाई प्रश्न गरेका छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका असन्तुष्ट पक्षलाई आफू २०७५ जेठ ३ को अवस्थामा फर्कन तयार रहेको भन्दै आह्वान गरेपछि भट्टराईले अक्षम्य राष्ट्रघात गर्ने ओलीलाई माफी दिने हो त भन्दै प्रश्न गरेका हुन् ।

उनले लेखेका छन्, ‘एमाले कणहरूसँग जिज्ञासाःतपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चूलामा बाक्लो दालसहित भातभान्सा गरेमा त्यस यता ओलीले गरेका २/२ पटकका संसद विघटन,संवैधानिक अंगहरूको अवैध कब्जा,यति/ओम्नी लगायतका अर्बौंको भ्रष्टाचार,सांसद अपहरण,कोरोनापीडित लाखौंको विचल्ली,अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन् ?’