‘समस्या प्रधानमन्त्रीमै छ, न मन्त्री फाल्नु समाधान हो न पाल्नु’


काठमाडौं । नेपाली कांग्रेसले मन्त्रिपरिषद पुनर्गठनलाई दुई दिनको घामछायाँ भनेको छ । शुक्रबार राति ट्वीट गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले समस्या प्रधानमन्त्रीमै रहेकाले मन्त्री फाल्नु समाधान नभएको टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, ‘पुनर्गठनमा टिप्पणी प्रधानमन्त्रीकै भाषामा– कलेजोमा छ क्यान्सर बुढी औंलामा सिवाजल गोली ! समस्या प्रधानमन्त्रीमै छ । न मन्त्री फाल्नु समाधान हो न पाल्नु । ‘फैसला’ सम्मलाई दुई–चारदिनको घामछायाँ !’