काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तराई मधेशलाई मरुभूमिकरण गर्ने कुनैपनि कार्य स्वीकार्य नहुने बताएका छन् ।
शुक्रबार सामाजिक संजालमार्फत अध्यक्ष थापाले व्यापार घाटा न्यूनीकरणका लागि गिटी बालुवा निकासी गर्ने सरकारको नीति स्वीकार्य नहुने बताएका हुन् ।
उनले भनेका छन्, ‘खानीजन्य ढुंगा,गिटी र बालुवा निकासी गरी व्यापार घाटा न्युनिकरण गरिने छ’ भन्ने सरकारी नीतिले सर्वत्र आशंका, भ्रम र चिन्ता पैदा भएको छ । यसबारे सरकारले आफ्नो धारणा स्पष्ट गर्नुपर्छ । वातावरणीय सन्तुलन विगार्ने तथा तराई/मधेश र भित्रीमधेशलाई मरुभूमिकरण गर्ने कुनैपनि कार्य स्वीकार्य हुँदैन।’
“खानीजन्य ढुंगा,गिटी र बालुवा निकासी गरी व्यापार घाटा न्युनिकरण गरिने छ”भन्ने सरकारी नीतिले सर्वत्र आशंका,भ्रम र चिन्ता पैदा भएको छ।यसबारे सरकारले आफ्नो धारणा स्पष्ट गर्नुपर्छ।वातावरणीय सन्तुलन विगार्ने तथा तराई/मधेश र भित्रीमधेशलाई मरुभूमिकरण गर्ने कुनैपनि कार्य स्विकार्य हुंदैन
— Kamal Thapa (@KTnepal) June 4, 2021

प्रतिक्रिया