नेपाल र खनाललाई चार नेताको पत्रः के पार्टीभित्र आन्तरिक एकता गर्ने ठाउँ केपी पक्षले बाँकी राखेको छ र ?


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई आफ्नै समूहका चारजना नेताले ध्यानाकर्षण पत्र बुझाउँदै पाटी अध्यक्ष केपी शर्मा ओलीसँग सम्झौता नगर्न सुझाव दिएका छन् ।

पोलिटब्यूरो सदस्य प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, डा. विजय पौडेल र केन्द्रीय सदस्य राजेन्द्र राईले ध्यानाकर्षणपत्र बुक्राउँदै अध्यक्ष ओलीसँग सम्झौता गर्ने हो भने राजनीति समाप्त हुने चेतावनी दिएका छन् ।

उनीहरुले ओली पक्षले प्रमुख नेताहरुलाई पार्टीबाटै निष्कासन गरिसकेको, कार्यदलका सदस्यसमेत निष्कासित भइसकेको अवस्थामा कार्यदलको औचित्य नै समाप्त भइसकेको भन्द्र कार्यदलकै नाममा छलफल भइरहेको भन्ने सुन्न पाउनु आफैंमा आश्चर्यजनक भएको बताएका छन् । स्थायी कमिटीका सदस्यहरु कोही वार्तामा जाने र कोही त्यसको जवाफदेहिता नलिने स्थितिमा पुगेको पत्रमा उल्लेख छ ।