पाकिस्तान सुपर लिग पीएसएल टी–ट्वान्टी क्रिकेटको बाँकी खेलहरु यही जुन ९ बाट सुरु हुने भएको छ ।
पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले पीएसएलको बाँकी खेलहरु जुन ९ बाट सुरु हुने जनाएको छ । पहिलो खेलमा लाहोर क्वालान्दर्स र इस्लामावाद युनाईटेडबीच खेल हुनेछ ।
युएईको अबुधाबीमा आयोजना हुने पीएसएलको फाइनल खेल जुन २४ गते हुनेछ । पाकिस्तान क्रिकेट बोर्डले पाकिस्तानी टिम घरेलु टिमसँगको सिरिजका लागि जुन २५ गते इंग्ल्यान्ड प्रस्थान गर्ने समेत जनाएको छ ।
कोरोना महामारीका कारण प्रतियोगिताको बाँकी खेलहरु युएईमा हुन लागेको हो । फ्रेन्चाइज टिमले बाँकी रहेको खेलहरु युएईमा आयोजना गर्न आग्रह गरेपछि पीसीबीले युएईसामु प्रस्ताव गरेको हो ।

प्रतिक्रिया