सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठक बस्दै


काठमाडौँ । सर्वोच्च अदालतले आजका लागि सबै न्यायाधीशहरूको पूर्ण बैठक बोलाएको छ । कोरोना महामारीका कारण रोकिएको अदालतको सेवा सञ्चालन बैठकको मुख्य विषय बनाइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गत मंगलबार तत्काल सर्वोच्चको पूर्ण बैठक बोलाउने र त्यहाँबाट नियमावली संशोधन गराई संवैधानिक इजलासमा वरिष्ठतम् न्यायाधीशहरू रहने व्यवस्था गर्ने आश्वासन दिएका थिए ।

शुक्रबारका लागि ‘विविध’ शीर्षकको एजेन्डा राखिएकाले प्रधानन्यायाधीश जबराले त्यही क्रममा नियमावली संशोधनको विषयबारे छलफल गर्न सक्ने बताइएको छ ।