जर्मन क्लब बायर्न म्युनिखका फरवर्ड रोबर्ट लेवान्डोस्कीले यस सिजनको युरोपियन गोल्डेन बुट जितेका छन् ।
बार्सिलोनाका फरवर्ड लियोनल मेस्सी र युभेन्टसका फरवर्ड क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै लेबान्डोस्कीले गोल्डेन बुट हात पारेका हुन् । उनले सिजनमा कुल ४१ गोल गरेका थिए ।
अवार्डका लागि लेवान्डोस्कीले ८२ अंक प्राप्त गरेका थिए भने मेस्सीले ६० र रोनाल्डोले ५८ अंक प्राप्त गरे । गोल्डेन बुटको गणनामा युरोपका शीर्ष ५ डिभिजनमा हरेक गोलको २ अंकभार निर्धारण गरिएको हुन्छ । यो सिजन मेस्सीले ३० र रोनाल्डोले २९ गोल गरेका थिए । अन्य लिगको १।५ अङ्क भार राखिएको छ ।
लेवान्डोस्कीले यस सिजन बुन्डेसलिगामा २९ खेल खेल्दा ४१ गोल गरेका छन् भने च्याम्पियन्स लिगमा ६ खेल खेल्दा पाँच गोल गरेका छन् । अघिल्लो सिजन भने लाजियोको सिरो इमोविलेले यो अवार्ड जितेका थिए ।

प्रतिक्रिया