काठमाडौं । । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवल शमशेर राणाले राष्ट्रियसभाको उपनिर्वाचन बहिस्कार गरेका छन् । कोरोना महामारीसँग जुध्ने अहिलेको प्राथमिकता भएको भन्दै उनले मतदान बहिष्कार गरेका हुन् । उनले सामाजिक सन्जालमार्फत् महामारीका बेला मतदानमा भाग नलिने जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ‘लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन । अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाइलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु ।’
राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा दुईजना उम्मेदवार छन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का प्रतिस्पर्धामा छन् ।
आजहुने लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन।मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासंग जुध्ने रहेकोले काग्रेस,एमाले र माओवादीको यो अबस्थामा भईरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु,धन्यवाद!!
— Dr.Dhawal Shumshere Rana (@ShumshereDhawal) May 31, 2021

प्रतिक्रिया