हात मिलाएर आ-आफ्नो बाटो लागौं


काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको राजनीतिक संकट पुरानो विचार,पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति भएको बताएका छन् ।

पार्टीभित्र विवाद भइरहेका बेला आइतबार राति सामाजिक संजालमार्फत भट्टराईले मान्छे तानातान र किनबेचको तमासा नगर्न आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, ‘अहिलेको राजनीतिक संकट पुरानो विचार,पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो । नयाँ निर्माण निम्ति पुरानो भत्कनैपर्छ । समयले नयाँ ध्रुवीकरण खोज्दैछ । अतःमान्छे तानातान र किनबेचको तमासा नगरौं ! भेडाभेडासँग र बाख्राबाख्रासँग हुन दिउँ ! हात मिलाएर आआफ्नो बाटो लागौं ! हिडिरहे फेरि भेटहुनेछ !’

 

जनता समाजवादी पार्टी यतिबेला फुटको संघारमा पुगेको छ । उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षलाई स्पष्टीकरण सोधेको छ भने ठाकुर पक्षले यादवलाई स्पष्टीकरण सोधेको छ । ठाकुर पक्ष ओलीलाई साथ दिएर सरकारमा सहभागी हुन थालेको छ भने यादव पक्ष ओलीको बहिर्गमनको पक्षमा छ ।