राष्ट्रपति कार्यकारीको रबर स्टाम्प बन्दा गणतन्त्र धरापमाः रामकुमारी झाँक्री


काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति संस्थाले मर्यादाको सीमा नाघ्दा गणतन्त्रप्रति नै नकारात्मक भावना बढेको बताएकी छन् ।

गणतन्त्र दिवसका अवसरमा झाँक्रीले राष्ट्रपति संस्था संविधानको संरक्षक र कानूनको परिपालक हुनुपर्नेमा कार्यकारीको रबर स्टाम्प बन्दा गणतन्त्रप्रति नकारात्मक भावना बढ्दै गएको बताएकी हुन् ।

उनले लेखेकी छन्, राष्ट्रपति संस्था संविधानको संरक्षक र कानूनको परिपालक हो । जसले संविधान र कानूनको सीमा मिचेर कार्यकारीको रबर स्टाम्प भई संस्थाको मर्यादा कायम गर्न नसक्दा आज गणतन्त्र प्रति नै नकारात्मक भावना बढेको छ । यो हामीले लडेर ल्याएको व्यवस्था हो । लोकतन्त्रमा व्यक्तिको विकल्प खोजौँ, व्यवस्थाको होइन । सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा १४ औं गणतन्त्र दिवशको हार्दिक शुभकामना!’