काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइका लागि संवैधानिक इजलास गठन गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरिएको हो ।
इजलासका अन्य न्यायाधीशमा दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् । प्रधानन्यायाधीशको एकल इजलासले बिहीबार प्रतिनिधिसभा विघटनसम्बन्धमा परेका १९ रिटलाई संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो । यससँगै पहिल्यै संवैधानिक इजलासमा तोकिएका ११ र यीसमेत गरी ३० वटा निवेदनको आजदेखि संवैधानिक इजलासमा सुनुवाइ हुने भएको हो ।
विपक्षी दलहरूसहितको गठबन्धनले १४६ सांसदको हस्ताक्षरसहित संसद् पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग राखी निवेदन दर्ता गराएको छ ।

प्रतिक्रिया