संसद विघटनविरुद्धका १९ वटा रिट प्रधानन्यायाधीशको इजलासमा


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधिसभा विघटनविरुद्ध परेका १९ वटा रिट आफ्नो एकल इजलासमा राखेका छन् । अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ आज हुँदैछ ।

संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने शुक्रबारका लागि पेशी तोकिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट दर्ता भएका छन् ।

संसद विघटन असंवैधानिक भएको जिकीर गर्दै र धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै विपक्षी गठबन्धनका १४६ जना सांसदले पनि सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।