युरोपा लिगको उपाधि स्पेनिस क्लब भियारियलले जितेको छ । पहिलो पटक युरोपा लिगको उपाधि उचाल्ने क्रममा उसले ईङलिश क्लब म्यानचेष्टर युनाईटेडलाई सडेन डेथमा पराजित गर्यो ।
पोल्याण्डमा भएको फाईनलको नियमित र अतिरिक्त समय एक एक गोलको बराबरीमा सकिएपछि भएको पेनाल्टि सुटआउट सडेन डेथसम्म पुगेको हो । जसमा भियारियल ११–१० को नतिजासहित च्याम्पियन बन्यो ।
नियमित समयको खेलमा जेरार्ड मोरेनोको गोलमा २९ औ मिनेटमा भियारियलले अग्रता बनाएको थियो । ५५ औ मिनेटमा ईडिसन काभानीले युनाईटेडलाई बराबरीमा पुर्याएका थिए । त्यसपछिको समय तथा थप गरिएको समयमा दुबै टोलीले गोल थप्न नसकेपछि खेल पेनाल्टि सुटआउट हुदै सडेन डेथसम्म पुगेको हो ।
११ औ प्रहारमा भियारियलका गोलरक्षक जेरमीनो रुल्लीले गोल गर्दै युनाईटेडका गोलरक्ष्ँक डेबिड डे हेयाको प्रहर रोक्दै टोलीलाई ऐतिहासिक उपाधि दिलाएका हुन् । त्यसअघिका सबै प्रहारमा दुबै तर्फका खेलाडीले गोल गरेका थिए । जारी सिजन भियारियलको यो पहिलो उपाधि पनि हो ।

प्रतिक्रिया