हामीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई ध्यानपूर्वक हेरेका छौंः भारतीय विदेश मन्त्रालय


काठमाडौँ । भारतीय विदेश मन्त्रालयले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई आन्तरिक मामिला भएको बताएको छ । बुधबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले नेपालको पछिल्लो घटनाक्रमलाई भारतले आन्तरिक मामिलाका रुपमा हेरेको बताएका हुन् ।

उनले बागचीले भने, ‘हामीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई ध्यानपूर्वक हेरेका छौं । यसलाई हामी नेपालको आन्तरिक मामिलाका रुपमा नै लिन्छौँ ।’

त्यस्तै भातीय विदेशमन्त्रालयले नेपालले अहिलेको समस्या आफैं समाधान गर्नपर्ने पनि बताएको छ । नेपालले पछिल्लो समस्या आफ्नै घरेलु ढाँचा र लोकतान्त्रिक प्रक्रियामा रहेर समाधान गर्नुपर्ने उसको भनाई छ ।

मन्त्रालयले एक छिमेकी मुलुक भएका नाताले भारतले सधैं नेपालको प्रगति, शान्ति, स्थिरता र विकासको यात्रामा समर्थन गर्ने पनि उल्लेख गरेको छ ।