काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीबाट निस्कासन गर्ने निर्णयले आफूलाई केही नहुने बताएकी छन् । सामाजिक संजालमार्फत झाँक्रीले कारबाही गर्ने पार्टीको निर्णयप्रतिनै व्यंग्य गरेकी छन् ।
उनले लेखेकी छन्, ‘देउरालीको चौतारीमा हावा सरर, बगाएर लाने भो माया तिमीलाई बालै फरर…।’ सोमबार बसेको एमाले स्थायी समिति बैठकले वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र उनीसहित ११ नेतालाई पार्टीबाट निस्काशन गर्ने निर्णय गरेको थियो ।
झाँक्री अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीको चर्को विरोध गर्दै आएकी छिन् ।
देउरालीको चौतारीमा हावा सरर
बगाएर लाने भो माया तिमीलाई बालै फरर…— Ram kumari Jhakri (@Jhakri_didi) May 24, 2021

प्रतिक्रिया