काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रचण्डपथ अंगिकार गरेको बताएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले त्यसको जवाफ दिएका छन् ।
आइतबार बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसप्रति टिप्पणी गर्दै प्रचण्डपथ अंगिकार गरेर कुदेको आरोप लगाएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसारको सरकार गठन गर्ने सन्दर्भमा कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रलगायत ५ दलीय गठबन्धनका तर्फबाट प्रधानमन्त्रीको दाबी गरेका थिए । त्यसै सन्दर्भलाई उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कांग्रेसमाथि आक्रोश पोखेका थिए ।
त्यसको जवाफ दिँदै प्रवक्ता शर्माले भनेका छन्, ‘ताज्जुब लाग्छ तपाईंकै शैलीमा मलाई अचम्म लाग्छ । हिजो प्रचण्डसँग पार्टीकै एकता निकै गौरवसँग गर्नुभएको थियो, आज मुद्दामा मात्रै कांग्रेसका कुरा प्रचण्डसँग मिल्दा ए प्रचण्डपथमा पो लाग्यो? सौ चुहे खा के बिल्ली चली हज को भन्ने कहावत यहाँकै लागि रहेछ नि प्रधानमन्त्रीज्यू।’


प्रतिक्रिया