काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बहुमत छ भनेर फेरि दाबी गर्दा दुनियाँ हाँसेको बताएका छन् ।
बिहीबार आफूले विश्वासको मत नपाउने भन्दै राष्ट्रपतिलाई संविधानको धारा ७६(५)अनुसारको सरकार गठनका लागि सिफारिस गरेका प्रधानमन्त्री ओलीले आज आफैं बहुमतको दाबी गरेको देख्दा दुनियाँ हाँसेको प्रवक्ताले बताएका हुन् ।
उनले लेखेका छन्, ‘बहुमत छैन भनेर विश्वासको मतबाट भागेका प्रधानमन्त्रीले बहुमत छ भनेर फेरि दाबी गर्दा दुनियाँ हाँसेको छ ! लाज स्वयं लजाएको छ ! राष्ट्रपति महोदया ! सतिसालको शिरमा हुनुपर्ने यहाँप्रतिको श्रद्धा बकैनाको फेदमा झरिसक्यो । अलमलको गोलमालमा संस्थाको गरिमा ओरालो अझै कति लगाउनु हुन्छ ?’


प्रतिक्रिया