एमालेको ओली र नेपाल पक्ष वार्तामा


काठमाडौं । पार्टीको आन्तरिक विवाद समाधानका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सिंहदरबारमा छलफल भइरहेको छ ।

कार्यदल सदस्यसहित ओली र नेपालबीच सिंहदरबारमा छलफल जारी छ । छलफलमा  अध्यक्ष ओलीका साथै ईश्वर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापा, सुवास नेम्वाङ, शंकर पोखरेल, विष्णु रिमाल छन् ।

त्यस्तै नेपालपक्षबाट नेता नेपालसहित डा. भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् । वार्तामा १० सदस्यीय कार्यदललाई पूर्णता दिने र त्यसको जिम्मेवारी तोक्ने तयारी छ । बिहीबार ओली र नेपालबीच भएको सहमति कार्यान्वयनको विधिबारे छलफल हुने नेताहरुले बताएका छन् । ओलीसँगको वार्ताअघि नेता नेपालले आफू निकट केन्द्रीय सदस्यहरुलाई भर्चुअल बैठकमा पछिल्लो सहमतिबारे जानकारी गराएका थिए ।