काठमाडौं । प्रधानमन्त्रीमा पुनः नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई शपथ खुवाएकी हुन् ।
प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति भण्डारीले दलहरूलाई बहुमत पुर्याएर दाबी पेश गर्न तीन दिनको समय दिएकी थिइन् ।
बिहीबार राति ९ बजेसम्म दिइएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत पुर्याउन नसकेपछि राति १० बजे राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् । अब प्रधानमन्त्री ओलीले एक महिनाभित्र फेरि संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।
यसैबीच, प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा पुरानै अनुहारलाई निरन्तरता दिएका छन् । उनीहरुले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।


प्रतिक्रिया