काठमाडौं । लेखक तथा टिप्पणीकार खगेन्द्र संग्रौलाले आफू कोरोना नियन्त्रणमा सिन्को नभाँच्ने तर जनताले कोरोना फैलाउने भनी अभिव्यक्ति दिने प्रधानमन्त्री केपी शर्मा ओली निषेधाज्ञा बाहेक केही गर्न नसकेको आरोप लगाएका छन् ।
शुक्रबार सामाजिक संजालमार्फत संग्रौलाले ‘जनताले अनुशासनको सरकारी आदेश अटेर गरेर कोरोना फैलाए’ भनी दिनदिनै आरोप लाउनु र दिनदिनै ‘निषेधाज्ञामा थप कडाइ’ गर्नु शिवाय जनमारा ओलीतन्त्रले सिन्को नभाँचेको बताएका हुन् ।
उनले लेखेका छन्,‘ ‘जनताले अनुशासनको सरकारी आदेश अटेर गरेर कोरोना फैलाए’ भनी दिनदिनै आरोप लाउनु र दिनदिनै ‘निषेधाज्ञामा थप कडाइ’ गर्नु शिवाय जनमारा ओलीतन्त्रले सिन्को भाँच्या छैन । यो शिलान्यासे तन्त्रले महामारी नियन्त्रण गर्न अब जनतालाई ‘एक घर एक प्रहरी’को व्यवस्था कृपा गर्नमात्र बाँकी छ ।’

प्रधानमन्त्रीले सिएनएनसँगको अन्तरवार्तामा नेपाली जनताले कोरोना फैलाएको अभिव्यक्ति दिएका थिए । जनतालाई आरोप लगाएपनि कोरोना फैलाउनुमा प्रधानमन्त्री ओलीको हात छ । उनी कहिले रामसीताको मूर्ति चितवन पठाउन बालुवाटारमा आफैं सहभागी भइ जुलुस निकाल्थे भने कहिले पार्टीको कार्यक्रममा भीड जम्मा गर्ने त निर्माण पूरा नभएको धरहरा भिड जम्मा गरेर उद्घाटन गर्दै हिँडेका थिए ।,

प्रतिक्रिया