काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने बताएका छन् ।
सोमबार बिहान ट्वीट गर्दै प्रधानमन्त्री ओलीले हतारोमा कुनै निर्णय नगर्न सांसदहरुलाई आग्रह गरेका हुन् । उनले भनेका छन्, यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।’
माधव नेपाल पक्षले भने आजको संसद बैठकमा उपस्थित नहुने निर्णय गरिसकेको छ ।


प्रतिक्रिया