माधव नेपाल पक्षले ओलीलाई विश्वासको मत नदिने


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । सोमबार बिहान बसेको नेपाल पक्षका सांसदहरुको बैठकले आजको प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेको उपाध्यक्ष डा. भीम रावलले जानकारी दिए ।

आइतबार बेलुकी सिंहदरबारमा बसेको नेपाल पक्षका सांसदहरूको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार बिहान ९ बजे सम्मको समय दिने निर्णय गरेको थियो । ओलीले आज दिउँसो एक बजे बस्ने बैठकमा विश्वासको मत लिँदैछन् ।