ओलीलाई नेपाल पक्षद्वारा सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोलि(सोमबार) बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको सांसदहरुको बैठकले भोलि बिहान ९ बजेसम्म ओलीले २०७५ फागुन २ गतेको अवस्थामा फर्किने र फेरि पार्टी सहमतिका साथ सञ्चालन गर्ने प्रतिवद्धता आए संसद्मा उपस्थित हुने नभए गम्भीर निर्णय गर्ने निष्कर्ष निकालेको नेता योगेश भट्टराईले जानकारी दिए । बैठकले पार्टी अध्यक्ष ओली पार्टी एकता कायम राख्न गम्भीर नभएको निष्कर्ष पनि निकालेको उनले बताए ।