काठमाडौं । राष्ट्रपति विद्योदेवी भण्डारीले बुधबार फेरि अर्को अध्यादेश जारी गरेकी छन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम रेल्वे अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
जनकपुर–जयनगर रेल सञ्चालनका लागि कानुनी बाटो खोल्न सरकारको सिफारिसमा उक्त अध्यादेश जारी गरिएको हो । यसअघि मंगलबार राष्ट्रपतिले संवैधानिक परिषद्लगायतका विभिन्न ७ वटा अध्यादेश जारी गरेकी थिइन् ।


प्रतिक्रिया