काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै दम्भ र अहंकार छाड्न आग्रह गरेकी छन् ।
बुधबार सामाजिक संजालमार्फत नेतृ झाँक्रीले सत्यानास हुनबाट र डुब्नबाट जोगिनु छ भने किनाराको खोजी गर्न आग्रह गरेकी हुन् ।
उनले लेखेकी छन्, ‘हामी त डुब्छौ नै । हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदि तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज । विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड । हिन्दीमा एउटा कहावत छः हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।’


प्रतिक्रिया