पोखरा । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा दीपक मनाङे नियुक्त भएका छन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले मनाङेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। मुख्यमन्त्रीविरुद्ध संसदमा अविश्वास प्रस्तावमाथिको छलफल सकिएको छ । मतदानमा जानुअघि प्रदेश सांसद हराएको भन्दै जनमोर्चाले निवेदन दिएपछि सभामुखले अनिश्चितकालका लागि प्रदेश सभा स्थगित गरेका थिए ।
युवा तथा खेलकुद मन्त्रालय थपिएसँगै गण्डकी प्रदेशमा मन्त्रीको संख्या ८ पुगेको छ । यसअघि मुख्यमन्त्रीसहित गण्डकीमा सात सदस्यीय मन्त्रिपरिषद थियो ।
मनाङे एमालेको समर्थनमा स्वतन्त्र निर्वाचित भएका हुन् । मन्त्री नियुक्त भएपछि उनले आफूसँग मन्त्रालय हाँक्ने योजना रहेको सुनाए ।

प्रतिक्रिया