अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने चार जनालाई मन्त्री बनाउँदै मुख्यमन्त्री पोखरेल


बुटवल । लुम्बिनी प्रदेश सरकारविरूद्ध अविश्वास प्रस्ताव दर्ता भए लगत्तै मुख्यमन्त्री शंकर पोखरेलले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने तीन जनासहित चार जना थपेर मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् ।

पोखरेलले जनता समाजवादी पार्टीका सन्तोष पाण्डेय, विजय यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेयलाई मन्त्री बनाउन थालेका हुन् । चारमध्ये कल्पना पाण्डेयबाहेक अन्य तीन जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

माओवादी मन्त्रीले राजीनामा दिएका दुई मन्त्रालय, सामाजिक विकास मन्त्रालय टुक्रयाएर एक मन्त्री र एक राज्यमन्त्री बनाउने गरी चारै जनालाई सोमबार चार बजे नै सपथ खुवाउने तयारी भइरहेको छ ।

माओवादीका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले सोमबार नै राजीनामा दिएका थिए ।