काठमाडौं । सरकारले अमेरिकी मिलेनियम च्यलालेन्ज कर्पोरेशन(एमसीसी) अगाडि बढाउन लागेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना हुन थालेको छ ।
केही दिन यता प्रधानमन्त्री ओली र उनी निकटका एमाले नेताहरु एमसीसीलाई सभामुखले रोकेको भन्दै असन्तुष्टी जनाउन थालेपछि यसले ओलीको राष्ट्रवादको मुकुण्डो उदांगो हुन थालेको भन्दै आलोचना हुन थालेको हो । लेखक तथा टिप्पणीकार खगेन्द्र संग्रौलाले पहिले एमसीसीको उग्र विरोध गरेर उग्र राष्ट्रवादी हुने पनि यिनै ओली सर भन्दै अहिले आएर पास गर्न लागेको भन्दै व्यंग्य गरेका छन् ।
उनले सामाजिक संजालमार्फत भनेका छन्, ‘पहिले एमसीसीको उग्र विरोध गरेर उग्र राष्ट्रवादी हुने पनि यिनै ओली सर,अहिले कुहेको केराझैँ लुतुक्क निहुरिएर एमसीसी पारित गर्न हत्ते हाल्ने पनि यिनै ओली सर । हैट्,ओली सर माने उग्र राष्ट्रवाददेखि उग्र घुँडा टेकानसम्म । शुभ बोल कौवा– अवसरवाद मुर्दावाद !’


प्रतिक्रिया