वैशाख ९ गते काठमाडौंमा माधव नेपाल पक्षको विशेष कार्यक्रम


काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले वैशाख ९ गते काठमाडौंमा विशेष कार्यक्रम गर्ने भएको छ । यसअघिको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा नेपाल पक्षले कमलादीस्थित प्रज्ञा भवनमा दिउँसो १ बजे विशेष कार्यक्रम आयोजना गर्ने भएको हो ।

स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेको अध्यक्षतामा बिहीबार बसेको बैठकले ९ गतेको कार्यक्रममा पार्टीका सम्पूर्ण नेता, कार्यकता तथा सदस्यहरूलाई आमन्त्रण गर्ने निर्णय गरेकोे नेता योगेश भट्टराईले विज्ञप्तिमाफर्त जानकारी गराएका छन् ।