‘ओली सर झूटको प्रतिरक्षाकारी क्षेप्यास्त्र बोकेर सत्तारोहणको द्वारमा’


काठमाडौं । लेखक एवं राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले ओली सर झूट र लुटको प्रतिरक्षाकारी क्षेप्यास्त्र बोकेर सत्तारोहणको द्वारमा बसेको आरोप लगाएका छन् ।

आइतबार ट्वीट गर्दै संग्रौलाले उनले यस्तो आरोप लगाएका हुन् । उनले लेखेका छन्, ‘ओली सर झूट र लुटको प्रतिरक्षाकारी क्षेप्यास्त्र बोकेर सत्तारोहणको द्वारमा, महन्थ ठाकुर ओली सरको पुच्छर समातेर पछिपछि । पुष्पकमल र रामचन्द्र सोम शर्माको लबजमा अब हाम्रो सरकार बन्ने भो भन्दै ट्याउँट्याउँ । देउवा सरको देह पीके–रामचन्द्रतिर, मन ओलीपथतिर । सत्ताराजनीतिको गधा–जात्रा !’